site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नाइजरमा भएको ‘कू’ बारे पश्चिम अफ्रिकाका सेना प्रमुखहरूबीच वार्ता

अक्रा, घाना । पश्चिम अफ्रिकी सैन्य प्रमुखहरू बिहीबार घानामा भेला भई नाइजरमा भएको ‘कू’ उल्ट्याउन सम्भावित सशस्त्र हस्तक्षेपका लागि समन्वय गर्न बैठक गरेका छन् ।

यस क्षेत्रमा सैन्य कब्जाको क्रम बढेपछि चिन्तित पश्चिम अफ्रिकी राज्यहरूको आर्थिक समुदाय (इकोवास)ले गत हप्ता नाइजरमा ‘संवैधानिक व्यवस्था पुनः स्थापित गर्न सुरक्षाकर्मीको एउटा बल तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो ।

जुलाई २६ मा सुरक्षा गार्डले राष्ट्रपति मोहम्मद बाजुमलाई हिरासतमा लिएपछि इकोवासले विद्रोही नेताहरूसँग उनको पुनःबहाली गर्न माग गरेको छ ।

Dabur Nepal
NIC Asia

नाइजेरियाका चिफ अफ डिफेन्स स्टाफ जनरल क्रिस्टोफर ग्वाबिन मुसाले अक्रामा भएको समूहको बैठकमा भने, “हामी लोकतन्त्रको पक्षमा छौँ र हामी प्रजातान्त्रिक मूल्यमान्यतालाई प्रोत्साहन गर्नेछौँ ।

उनले भने, “हाम्रो भेलाको उद्देश्य घटनाहरूप्रति प्रतिक्रिया जनाउनु मात्र होइन, शान्ति कायम गर्ने र स्थिरतालाई बढावा दिने मार्ग कोर्नु हो ।”

इकोवासका सैनिकहरूले सन् १९९० देखि लाइबेरिया र सियरा लियोनमा भएको गृहयुद्धलगायत अन्य क्षेत्रीय संकटहरूमा हस्तक्षेप गर्दै आएका छन् ।

आइभोरी कोस्ट, बेनिन र नाइजेरियाले सैनिक सहयोग गर्ने अपेक्षाबाहेक नाइजरको सम्भावित अपरेसनको बारेमा थोरै विवरण बाहिर आएको छ ।

इकोवास कमिसनका राजनीतिक मामिला, शान्ति र सुरक्षा आयुक्त राजदूत अब्देल–फताउ मुसाले भन्नुभयोे, “यदि इकोवासले ‘बलको अन्तिम उपाय अपनाउने हो भने’ बैठकले विस्तृत विवरणहरू तय गर्नेछ ।”

बाजुमलाई हिरासतमा लिएका सैनिकहरूले नाइजरमा ‘बिग्रँदो सुरक्षा अवस्था’का कारण ‘कू’ गर्नुपरेको बताएका छन् ।

उनीहरूले अपदस्थ राष्ट्रपति बाजुमलाई देशद्रोहको आरोप लगाउने धम्की दिएका छन्, तर वार्ताका लागि खुला रहेको पनि बताएका छन् ।

नाइजरमा भएको हिंसात्मक झडपमा जिहादीहरूले कम्तीमा १७ जना सैनिकको हत्या गरेपछि बिहीबार र शुक्रबार इकोवासका शीर्ष कमाण्डरहरुको अक्रा बैठक हुन लागेको हो ।

सन् २०१२ मा उत्तरी मालीमा सुरु भएको जिहादी विद्रोह एक दशकभन्दा बढी समयदेखि अफ्रिकाको साहेल क्षेत्रमा फैलिएको छ भने सन् २०१५ देखि छिमेकी नाइजर र बुर्किना फासोमा फैलिएको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro