site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अस्थायी र करार कर्मचारीको सेवालाई निरन्तरता दिने कोसी सरकारको निर्णय

विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने भएको छ । ऐन संशोधनको अभावमा कतिपय कर्मचारीको वृत्ति विकासमा समेत समस्या भइरहेको थियो ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्थानीय सेवाको गठन सञ्चालन सेवा तथा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

Argakhachi Cement Island Ad

सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाई तथा उर्जामन्त्री प्रदिप सुनुवारका अनुसार सरकारले लोकसेवा आयोगबाट नियुक्ति सिफारिस भई नआउञ्जेलसम्म साविक बमोजिम सालबसाली स्वीकृति भई निरन्तर सञ्चालनमा रहेको प्रदेश सरकार, मन्त्रालय, आयोग र निकायका आर्थिक वर्ष २०८०/०८१ को अस्थायी संगठन संरचना तथा दरबन्दी स्वीकृत सम्बन्धमा समेत निर्णय गरेको छ ।

उनले भने, “लोकसेवाबाट कर्मचारी नआउन्जेल अस्थायी र करार कर्मचारीको सेवालाई निरन्तरता दिइने छ ।”  

यसैगरी प्रदेशका कतिपय जिल्लामा देखिएको डेंगी संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

“विराटनगरको कोसी कोभिड अस्पतालको अवस्था हेरेर त्यहाँ डेंगीका बिरामीको उपचार प्रबन्ध गर्ने तयारी गरिएको छ,” सुनुवारले भने ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्