site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय निजामती ऐन एक हप्ताभित्रै सदनमा प्रस्तुत हुन्छ : रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐनलाई छिटोभन्दा छिटो सदनमा प्रस्तुत गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनले बुधबार काठमाडौंमा गरेको प्रशिक्षण कार्यक्रममा खड्काले निजामती ऐनलाई पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस भइरहेको बताए । 

Dabur Nepal
NIC Asia

खड्काले संसद्को अहिलेको अधिवेशनमा नै सदनमा दर्ता हुने समेत बताए । एकहप्ताभित्रै उक्त ऐन सदनमा प्रस्तुत गर्ने उनले बताए ।

मन्त्री खड्काले सुशासन र सेवाप्रवाह तथा सविधानले सुनिश्चित गरेको अधिकार कार्यान्वनको विषयलाई सरकारले जोड दिने बताए । झन्झटिलो निर्णय प्रक्रियाका कारण लक्ष्यअनुरुप पुँजीगत खर्च नहुँदा विकास र समृद्धिका मुद्दा ओझेलमा पर्दै आएकामा सुधारको खाँचो आवश्यक रहेको उनको जिकिर छ ।

उपप्रधानमन्त्री खड्काले राष्ट्रसेवक कर्मचारीबाट नागरिकमैत्री सेवाप्रवाहका कारण नेतृत्वका साथै संगठन नै सुदृढ हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro