site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वैदेशिक रोजगार विभागले गर्‍यो दुई मेनपावरलाई कारबाही

काठमाडौं । वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ ।  विभागले म्यापिटल रिक्वायरमेन्ट सर्भिस र इगल मेनपावर मेनपावर कन्सलटेण्टलाई चार लाख रुपैयाँ जरिबाना गरिएको हो ।

विभागले रिक्वायरमेन्ट सर्भिस र इगललाई दुई लाख रुपैयाँका दरले जरिबाना गरेको हो । यी मेनपावरले विभागबाट स्वीकृतिविना अवैध रूपमा फेसबुकबाट विज्ञापन गर्दै पासपोर्ट संकलन गरेको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी, वैदेशिक रोजगार ऐनको दफा ४३ विपरीत वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल (फेसबुक, टिकटक) मा प्रकाशन गरी सर्वसाधारणमा भ्रम सृजना गर्ने सुयान एजुकेशन प्रा.लि., ललितपुर र एलाईट टू वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टर, ललितपुरको स्थलगत अनुगमन गरी थप विषयमा अनुसन्धान कार्य जारी रहेको विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा जानेहरूलाई सामाजिक सञ्जालमा प्रसारण हुने भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि विभाग अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्