site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१० जनाको मृत्यु र १० हजार संक्रमित भएको धरानमा मत्थर हुँदै डेंगी 
फाइल तस्बिर ।

काठमाडौं । सुनसरीको धरानमा डेंगी संक्रमण केही मत्थर भएको छ । गएको जेठयता यहाँ डेंगी संक्रमण उच्च थियो । तीन दिनयता दैनिक २०० देखि ३०० जनामा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताका अनुसार परीक्षण पोजिटिभिटी दर ७० प्रतिशत छ । दैनिक संक्रमितको संख्या भने घट्दो क्रममा देखिएको छ ।

जेठयता साउन २९ गतेसम्म धरानमा डेंगीका कारण १० जनाको मृत्यु भएको छ । यो अवधिमा १० हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ ।

साउन दोस्रो र तेस्रो साता धरानमा डेंगी संक्रमण उच्च विन्दुमा पुगेको थियो । सो समयमा दैनिक एक हजार ७०० जनासम्ममा संक्रमण पुष्टि भएको मेहेताले बताए । हाल सिकिस्त संक्रमितको संख्या समेत घटेको उनको भनाइ छ ।

संक्रमितको संख्या बढेपछि उपमहानगरले आठ स्वास्थ्य संस्थालाई डेंगी उपचार केन्द्रका रूपमा तोकेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro