site stats
बाह्रखरी :: Baahrakhari
कला
‘...राजनीतिमा गरिबका लागि लड्दालड्दै धनी भएको थाहै हुँदैन’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक भएको छ । प्रेम, द्वन्द्व र राजनीतिक घटनाक्रम समेटिएको सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । 

युवाको सपनामाथि कसरी राजनीतिज्ञले खेलबाड गर्छन् ट्रेलरमा समावेश छ । कृषा चौलागाईंले निर्देशन गरेको चलचित्रमा राजनीतिलाई पेसा बनाउने नेपाली राजनीतिको प्रवृत्तिमाथि पनि व्यंग्य गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘...राजनीतिमा गरिबका लागि लड्दालड्दै धनी भएको थाहै हुँदैन’

‘राजनीति एउटा यस्तो पेसा हो नि, जो गरिबका लागि लड्दालड्दै धनी भएको थाहै हुँदैन,’ यो संवादले राजनीतिप्रति व्यंग्य गरेको छ । 

भदौ १४ गते रिलिज हुने चलचित्रमा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुसाल, सुशील सिटौला, कोसिस क्षेत्री लगायत कलाकार भूमिकामा छन् । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्