site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एक लाख घुस रकमसहित अख्तियारको नियन्त्रणमा नगरपालिकाका इन्जिनियर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेशकुमार चौधरीलाई एक लाख घुस रकमसहित आइतबार नियन्त्रणमा लिएको छ ।

अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग एक लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो । उनीसँगै उनको साथी गुरुदेव यादवलाई पनि अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ ।

“इन्जिनियर रमेशकुमार चौधरी र निजको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र एक लाख ७५ हजार रुपैयाँको चेकसहित धनुषा जिल्लाको सहिदनगर नगरपालिका–३ स्थित पशु सेवा केन्द्रको भवनबाट साउन २८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,” अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय