site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कालीगण्डकी करिडोरको बागलुङखण्ड दुई दिनदेखि अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङखण्ड दुई दिनदेखि अवरुद्ध छ । निरन्तरको वर्षाले पहिरो झर्ने क्रम नरोकिएका कारण त्यो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध जारी रहेको हो ।

बागलुङ नगरपालिका–१०, दबल्याङमा दुई दिनदेखि सडक अवरुद्ध भएको छ । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडकको सम्बन्धविच्छेद भएको हो ।

दब्ल्याङ हुँदै बलेवा, कुश्मिसेरा जाने सडक समेत गए रातिदेखि बन्द छ । वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।

करिडोरको दब्ल्याङमा यही साउन २६ गतेदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा दुई दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जिल्ला सदरमुकामसँगको सडक सञ्जालबाट टुटेको छ ।

दबल्याङको पहाड गहिरिएर पहिरो गएका कारण बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन अलपत्र परेका छन् ।

यस्तै, बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डे जाने सडक समेत अवरुद्ध छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro