site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ल्यारक्याल लामाको नियुक्तिले कांग्रेसको शिर निहुरियो : सांसद गौतम
प्रतिनिधिसभा बैठकमा सांसद प्रतिमा गौतम । फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको जिम्मेवारी सुम्पँदा आफ्नो पार्टीको शिर झुकेको बताएकी छन् ।

आइतबार संसदीय दलको बैठकमा उनले लामालाई सो कोषको उपाध्यक्षमा नियुक्त गरिँदा पार्टीबाट सरकारमा गएकाहरू किन चुप बसेको, असहमति जनाउन किन नसकेको ? भन्दै प्रश्न गरिन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उनले सरकारको अनुभूति सीमित मन्त्रीहरूलाई मात्र भएको जिकिर गरिन् । कांग्रेसका अरू नेता–कार्यकर्ताले त्यसको अनुभूति गर्न नपाएको धारणा उनले राखेको एक सांसदले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषमा नियुक्तिले कांग्रेसको शिर निहुरिएको छ । सरकारमा बसेको मन्त्रीहरूले यो विषयमा असहमति जनाउन सक्नुपर्थ्यो । किन त्यस्तो भएन ?,” गौतमको प्रश्न थियो ।

संसद् निरन्तर अवरुद्ध गरिएकाले कांग्रेसले यसको सार्वजनिक विरोध गर्नुपर्नेमा उनले जोड दिइन् ।

संसदीय समितिको सभापति चयनमा किन ढिलाइ भइरहेको ? भन्ने प्रश्न समेत उनले बैठकमा गरेको ती सांसदले जानकारी दिए ।

“लम्पी स्किन, आँखाको रोगले ठूलो असर देखिन गयो । डेंगी डरलाग्दो गरी आयो, कसरी रोकथाम गर्ने ? यो विषयमा संसद्मा छलफल हुनुपर्छ । तर, सदन चलेको छैन,” उनले बैठकमा भनिन् ।

उनले वर्तमान सरकारको काम प्रभावकारी नभएको धारणा राखेको ती सांसदले जानकारी दिए ।

नेपाल सुन तस्करीको ‘हब’ बनेको र सो प्रकरणमा अरू पार्टी नेताहरूको नाम आएको विषयमा सरकार किन चुप ? भन्दै उनले थप प्रश्न गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu