site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मलाई लठ्ठु, बेकामे मान्छे भनियो, मैले गल्ती गर्न चाहेको भए देश र पार्टी रहँदैन थियो : अर्थमन्त्री महत
फाइल तस्बिर।

काठमाडौं । अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत संसदीय दलको बैठकमा आक्रोशित भएका छन् । आफूमाथि निरन्तर लाञ्छना लगाउने, होच्याउने तथा व्यक्तिगत प्रहार भएको भन्दै उनले बैठकमा आक्रोश पोखेका हुन् ।

आइतबारको संसदीय दलको बैठकमा उनले आफूमाथि सार्वजनिक टिप्पाणीमा उत्रिएका आफ्नै दलका सांसद डा. सुनील शर्मासँग आक्रोश पोखेका हुन् । बैठकमा सहभागी एक सांसदका अनुसार प्रवक्ता महतले आफूले गल्ती गर्न चाहेको भए देश र पार्टी नै नरहने धारणा राखेका छन् ।

Dabur Nepal
NIC Asia

“मलाई लठ्ठु, बेकामे मान्छे भनियो । कसले भन्यो, किन भनियो म भन्दिनँ । पार्टीमा अनुशासन, मर्यादा छैन ? लोभलालच गर्ने भए कर निर्धारणमा म अनेक गर्न सक्थेँ । त्यसो गरेको भए न देश रहन्थ्यो, न पार्टी रहन्छ ।”

उनले आफूमात्र होइन, आफ्नै दाइ रामशरण महतको संस्कार र सभ्यतामा पनि प्रश्न उठाएको भन्दै गुनासो गरेका छन् ।

“मेरो दाइ र मेरो संस्कार छ । कसैलाई म मन पर्दैन, मलाई पनि मन नपर्न सक्छ । म केटाकेटीदेखि पार्टीमा जोडिएर संस्कार र सभ्यता बुझेको छु । प्रतिकृया दिने भए धेरैको बारे धेरै कुरा भन्न सक्छु,” उनले बैठकमा भनेका थिए, “मेरो बारेमा मान्यजीले उठाएको प्रश्नमा भन्न सक्छु । मैले भनिसकेको छु । उहाँलाई पक्राउ गर्ने टाइमिङ्गमा आपत्ति हुन सक्छ । तर, उहाँले जुन् कुरा राख्नुभयो, त्यो ठिक भयो ? यदि यो विषयमा मेरो संलग्नता छ भने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुहोस् । म एकछिन पनि यो कुर्सीमा बस्दिनँ ।”

उनले आफूविरुद्ध केही व्यक्ति प्रायोजित भएर लागि परेको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro