site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको ‘पोलिसी ह्याकाथन’ घोषणा, विजेतालाई तीन लाख
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले नेपाली युवाले सामना गरिरहेका चुनौती र आवश्यकतालाई सम्बोधन गर्ने नीति तयार पार्न ‘पोलिसी ह्याकाथन’ कार्यक्रमको घोषणा गरिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै युवा र नीति निर्माण प्रक्रियाबीचको खाडल हटाउन पोलिसी ह्याकाथनको घोषणा गरिएको हो ।

प्रतियोगितामा नीतिविज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, प्राविधिक, डिजाइनर र स्वदेश वा विदेशमा बस्ने नेपाली विद्यार्थीलगायत ४० वर्ष उमेरसम्मका नेपाली नागरिकले भाग लिन पाउने कांग्रेसका सहमहामन्त्री जीवन परियारले जनकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आवेदन खुला गरिएको छ । आउँदो भदौ ३ गतेसम्म आवेदन दिन सकिनेछ । भदौ ५ गते १० टोली छनोट गरिनेछ । भदौ ९ गते पार्टी कार्यालयमा फाइनल हुने परियारले बताए ।

प्रतियोगितामा तीन हजारदेखि पाँच हजार शब्दसम्मको नीतिपत्र तोकिएको ढाँचामा प्रस्तुत गर्नुपर्ने उनले बताए ।

Global Ime bank

प्रतियोगितामा पहिलो हुनेले तीन लाख, दोस्रो हुनेले डेढ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

शीर्ष तीन टोलीको अवधारणापत्र र उत्कृष्ट विचार नीति निर्माणका क्रममा ग्रहण गरिने सहमहामन्त्री परियारले जानकारी दिए ।

 

 

c11691841619.jpgc21691841619.jpgc31691841621.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय