site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैदीबन्दी मृत्यु प्रकरण : प्रहरीकै भूमिका शंकास्पद
Sarbottam CementSarbottam Cement

काठमाडौं । संखुवासभा कारागारमा भएको कैदीबन्दी मृत्यु प्रकरणमा कारागारको सुरक्षाका लागि खटिएका १० जना प्रहरी कै भूमिका शंकास्पद देखिएको छ । 

शंकास्पद भूमिका देखिएका प्रहरीमाथि सोधपुछ भइरहेको कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गत बुधबार जिल्ला कारागार संखुवासभामा रहेका दुई कैदीबन्दीको मृत्यु भएको थियो । कारागारमा रहेका मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो । 

कैदीबन्दी तोलांगी र बलामीको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । कारागारबाट भाग्न राति १ बजेतिर शौचालयको झ्यालको रड काटेर निस्कने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार प्रशासनको जिम्मा लगाएको थियो । 

Global Ime bank

कैदीको मृत्यु भएको घटनामा उनीहरूका परिवारजनले शव बुझ्न मानेका थिएनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका थिएनन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement