site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरी निरीक्षक सुरज पौडेलले गरे सगरमाथाको सफल आरोहण 

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुरज पौडेलले सगरमाथाको सफल आरोहण गरेका छन् । सोमबार बिहान १० बजेर २० मिनेटको समयमा उनले सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

पौडेल सगरमाथामा आरोहणका लागि गएको चैत ३० गते त्यसतर्फ गएका थिए । उनले यसबीच  सगरमाथासँगै रहेको लुवुचे हिमालको समेत सफल आरोहण गरेका थिए । यही जेठ ३ गते पौडेलसहितको आरोहण टोली सगरमाथाको चुचुरोतर्फ प्रस्थान गरेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro