site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. शर्मामाथि एमबीबीएस पढ्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको विषयमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद डा. शर्माले एमबीबीएस अध्ययन गर्ने क्रममा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै परेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उच्चस्रोतले बाह्रखरीलाई दिएको जानकारीअनुसार सांसद डा. शर्माले मेडिकल काउन्सिलमा पनि सोही प्रमाणपत्र पेस गरेका छन् ।

“उहाँले प्लसटूको शैक्षिक प्रमाणपत्र नक्कली बनाउनुभएको रहेछ । सोही प्रमाणपत्रको आधारमा एमबीबीएस पढ्नुभयो र मेडिकल काउन्सिलबाट लाइसेन्स लिनुभयो । यसैमा परेको उजुरीको आधारमा उहाँलाई पक्राउ गरिएको हो,” उच्च स्रोतले भन्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro