site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मल्टीपर्पस फाइनान्सले भदौ १० देखि हकप्रद निष्कासन गर्ने
SkywellSkywell

काठमाडौं । मल्टीपर्पस फाइनान्सले आउँदो भदौ १० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तपुँजीको ३५ प्रतिशत प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा लगानीकर्तालाई हकप्रद बिक्री गर्न लागेको हो ।

१०० कित्ता सेयर हुने सेयरधनीले ३५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

Dabur Nepal
NIC Asia

यही साउन ११ गतेसम्म कम्पनीको सेयर खरिद गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत सेयरधनीले यो हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद निष्कासनका लागि साउन १२ गते बुक क्लोज गरेको थियो ।

कम्पनीले हाल कायम चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत र सीडीएस एन्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेयर मेरोसेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले फाइनान्सलाई ‘आईआरएन सिंगल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu