site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपालमा इन्टरनेटको अवस्था भारतभन्दा राम्रो, दक्षिण एसियामा पाँचौँ

काठमाडौं । इन्टरनेट रेजिलियन्स अथवा लचिलोपनामा नेपाल दक्षिण एसियामा पाँचौँ स्थानमा परेको छ । गैरनाफामूलक संस्था इन्टरनेट सोसाइटीले मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

फल्ट र अपरेसनसम्बन्धी सामान्य चुनौतीबीच रेजिलियन्ट इन्टरनेट कनेक्सनले सेवाको स्वीकार्यस्तर कायम गर्ने सोसाइटीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

स्वीकार्यस्तरको मापन भने पूर्वाधार, पफर्मेन्स, सुरक्षा र बजार तत्परताको विश्लेषणका आधारमा गरिएको रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार नेपालले इन्टरनेटको लचिलोपनामा ४३ प्रतिशत स्कोर पाएको छ ।

यो सूचीमा नेपाल दक्षिण एसियामा पाँचौँ स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा अगाडि भुटानको ५८ प्रतिशत, बंगलादेशको ५१ प्रतिशत, माल्दिभ्सको ५० प्रतिशत र श्रीलंकाको स्कोर ४७ प्रतिशत छ ।

नेपालभन्दा पछाडि भारतको पनि ४३ प्रतिशत, पाकिस्तानको ३५ र अफगानिस्तानको स्कोर ३० प्रतिशत छ ।

इन्टरनेट जडानका लागि आवश्यक भौतिक पूर्वाधार र प्रयोगकर्तालाई निर्बाध र भरपर्दो इन्टरनेट प्रदान गर्ने नेटवर्कको क्षमता भए/नभएका आधारमा स्कोर दिइएको छ ।

इन्टरनेट सेवाको सुरक्षा प्रविधि र सुपथ मूल्य प्रदान गर्ने प्रतिस्पर्धी बजार भए/नभएको विषयलाई पनि आधार बनाइएको रिपोर्टमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro