site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मजाले जिउनुस्
Argakhachi Cement Island Ad


अमर अधिकारीका तीन मुक्तक
१. 
समाज सुधारका निम्ति लेख्ने लेखक हुँ म
व्याप्त बेथिति विसंगति देख्ने लेखक हुँ म
कलमको शक्ति उपयोग गर्दै बिगुल फुक्दै
देश खाने ग्रहणहरू छेक्ने लेखक हुँ म ।

२.
डाक्टर भन्छन्, पानी पिउनुस् है धेरै
थप्दै भन्छन्, मजाले जिउनुस् है धेरै
फेरि थप्छन्, जति जीवन च्यातिए पनि
त्यसलाई त्यति त्यति सिउनुस् है धेरै ।

३. 
पाकेका फलहरू बदमासले खाइदिएपछि
उसले झुटा कुरा अरूलाई लाइदिएपछि
किन पो पत्याउँथेँ र उसका नौटंकी कुरा
एकछिनलाई मेरो गुनगान गाइदिएपछि ।
(बूढानीलकण्ठ)
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्