site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अर्जेन्टिनी फरवार्ड भेलिज र नेदरल्यान्ड्सका रक्षक डे भेन टोटनहममा अनुबन्धित
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस क्लब टोटनहमले नेदरल्यान्ड्सका रक्षक मिकी भान डे भेन र अर्जेन्टिनाका फरवार्ड एलेहो भेलिजलाई अनुबन्ध गरेको छ ।

टोटनहमले २२ वर्षीय डे भेनलाई वुल्फ्सबर्गबाट ४० मिलियम युरोमा भित्र्याएको हो । यस्तै, अर्जेन्टिनाका भेलिज भने रोसारियो सेन्ट्रलबाट १३ मिलियम युरोमा टोटनहम भित्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दुवै खेलाडीलाई टोटनहमले ६ वर्षको सम्झौतासहित भित्र्याएको हो । यी दुई खेलाडी टोटनहमले यस समरमा भित्र्याएको चौथो र पाँचौँ खेलाडी हुन् । यसअघि टोटनहमले इंग्ल्यान्डका मिडफिल्डर जेम्स म्याडिसन, इटालियन गोलकिपर गुइलेमो भिकारियो र इजरायलका विंगर मानोर सोलोमोनलाई भित्र्याएको थियो ।

भान डे भेनले यसै समरमा भएको यू–२१ युरोपियन च्याम्पियनसिपमा नेदरल्यान्ड्सको कप्तानी सम्हालेका थिए । उनले गत सिजन बुन्डेसलिगामा ३३ खेल खेलेका थिए ।

Global Ime bank

अर्जेन्टिनाका भेलिज सन् २०१९ मा रोसारियो सेन्ट्रलमा अनुबन्धित भएका थिए । सन् २०२१ मा रोसारियो सेन्ट्रलको सिनियर टिमबाट ‘डेब्यू’ गरेका उनले अर्जेन्टिनाको शीर्ष डिभिजन लिगमा कुल ६२ खेल खेलेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement