site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुन तस्करी प्रकरणबारे गृहमन्त्री : तत्कालका लागि दुई कार्यभार
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारयणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान थालेको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले साउन २ गते राजस्व अनुसन्धानले कब्जामा लिएको सुन साउन २१ गतेदेखि सीआईबीले अनुसन्धान गरिरहेको बताए । उनले तस्करी प्रकरणमा दोषी, अपराधी, तस्करलाई हरहालतमा कारबाही गरेरै छाड्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“छानबिन अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषी,अपराधी, तस्करलाई हरहालतमा कारबाहीको प्रक्रियामा ल्याउनु पहिलो कार्यभार हो,” उनले भने ।

त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थाको रिभ्यू गरिने उनको भनाइ छ ।

Global Ime bank

“यसप्रकारको गतिविधि पुनरावृत्ति नहोस् भन्नका निम्ति हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षालाई हामीले रिभ्यू गर्न आवश्यकता छ । त्यसलाई सुधार गर्न आवश्यक नीति, कार्ययोजना विकास गर्न आवश्यक छ,” श्रेष्ठले दोस्रो कार्यभार सुनाउँदै भने ।

उनले तत्कालका लागि हरहालतमा दोषीलाई कारबाही गर्न सम्पूर्ण ध्यान दिइने बताए । नेपाललाई ट्रान्जिट बनाएर अर्थतन्त्र धरासायी बनाउने काम भइरहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement