site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोका कारण देशका यी १० स्थानका सडक अवरुद्ध

काठमाडौं । गएरातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको छ ।

नेपाल प्रहरीका अनुसार पहिरोका कारण नुवाकोट ककनी गाउँपालिका–४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग र मकवानपुर बकैया गाउँपालिका–११ लामराङस्थित कान्ती लोकपथ अवरुद्ध भएका छन् ।

Dabur Nepal
NIC Asia

मकवानपुरको भिमफेदी गाउँपालिका–२ ज्यालटारस्थित हेटौँडा–भैसे–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड र चितवन ईच्छाकामना गाउँपालिका–६ स्थित नारायणगढ–मुग्लिङ सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध बनेको छ ।

यस्तै, पाल्पा तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै सिद्धार्थ राजमार्ग, कैलाली गोदावरी नगरपालिका–४ बुढीतोलास्थित भिमदत्त राजमार्ग तथा चुरे गाउँपालिका–५ गोपालेस्थित भिमदत्त राजमार्ग र काभ्रेको रोशी गाउँपालिका–९ नार्केलगायत बीपी राजमार्गको विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाटस्थित बीपी राजमार्ग र बागलुङको बागलुङ नगरपालिका–१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालीगण्डकी करिडोरमा सडक अवरोध भएको प्रहरीले जनाएको छ ।

पहिरो गएका स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro