site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपद् व्यवस्थापनको पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन आग्रह गरेका छन् । विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन  उनले निर्देशन पनि दिएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।

सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले उद्दार, राहत र पुनःस्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हु्न् ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्