site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी बैठक बाहिरका पाँच रोचक किस्सा
बैठकबाट बाहिरिँदै माओवादी केन्द्रीय सदस्यहरू । फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा घनिभूत रुपमा छलफल भइरहेको छ । साउन १७ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकलमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावमा नेताहरुले आफ्नो धारणा राखे ।

पार्टी विघटन र पुनर्निर्माणको दोसाँधमा रहेको भन्दै पार्टी र नेतृत्वको समस्या उजागर गरिरहेका छन् ।

बैठक आइतबार (पाँचौँ दिनमा) सक्ने तयारी छ । केन्द्रीय कमिटी बैठक चलिरहँदा बैठकस्थल प्रज्ञा भवनबाहिर केही रोचक संवाद सुनिए । बैठकस्थल बाहिरका केही रोचक किस्सा यहाँ प्रस्तुत गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रचण्डका ज्वाइँको ठट्टा : शपथ लिएरै थाकेँ

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यहरुलाई लाभको पदमा पुर्याएको आरोप खेपिरहेका छन् । जारी केन्द्रीय समिति बैठकमा पनि नेताहरुले प्रचण्ड परिवारवादमा रुमल्लिएको आरोप लगाए ।

Global Ime bank

केन्द्रीय समिति बैठकको दोस्रो दिन (साउन १८ गते) पार्टीको केन्द्रीय कमिटी बैठक प्रज्ञाभवनमा चलिरहँदा प्रचण्डका ज्वाइँ जीवन आचार्य बैठकस्थल बाहिर निस्किएका थिए । मनोनीत केन्द्रीय सदस्य समेत रहेका आचार्यलाई त्यहाँ एक व्यक्तिले फेरि मन्त्री नबनेको विषयमा चासो राखे ।

आचार्य कोसी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बन्न नदिएर आफै बन्ने तयारीमा रहेको चर्चा थियो । तर, बाबुराम नै मन्त्री बनेपछि ती कार्यकर्ताले प्रश्न गरेका थिए । जवाफमा आचार्यले ठट्टा गरे– शपथ लिएरै थाकेँ ।

हुन पनि उनी प्रदेशमा दुईपटक मन्त्री भइसकेका छन् । उनी नेकपा (एमाले)का हिक्मत कुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए ।

त्यसपछि कांग्रेसका नेता उद्वव थापा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बने । तर, सर्वोच्च अदालतको फैसलाले थापासँगै उनी पनि पदमुक्त भए । थापा पुनः मुख्यमन्त्री बनेपछि आचार्य मन्त्री बन्ने चर्चा थियो, तर बनेनन् ।

‘प्रवक्ता फेरौँ भन्न लागेको, समय नै पुगेन'

माओवादी बैठकमा केन्द्रीय सदस्यहरुले बोल्नका लागि पाँच मिनेटको समय पाएका थिए । पाँच मिनेट बोलेपछि माइक काटिने व्यवस्था गरिएको थियो । पदाधिकारीहरुलाई पनि सोही समय उपलब्ध थियो ।

केन्द्रीय कमिटीको दोस्रो दिन नेता लेखनाथ न्यौपानेले सुरुआतमै बोलेका थिए । उनले माओवाद र संसद् एकैठाउँमा रहन नसक्ने धारणा राखेका थिए ।

माओवादी बैठकमा खाजा खानका लागि ४५ मिनेटको समय छुट्याइएको थियो । खाजा खान बाहिर निस्किएका न्यौपानेले समय अभाव भएकाले आफूले राख्न खोजेको विषय राख्न नपाएको सुनाए । पार्टी प्रवक्ताबाट कृष्णबहादुर महरालाई हटाउनुपर्छ भन्न लागेकोमा समय अभावले भन्न नपाएको उनले गुनासो गरे ।

“पार्टी प्रवक्ता फेर्नुपर्छ । प्रवक्ताले बोलेकै बुझिँदैन भन्न लागेको थिएँ । समय नै पुगेन,” न्यापानेले भने ।

लेखनाथको युर्टन !

माओवादीमा नेता लेखनाथ न्यौपाने बैठकमा आफ्ना कुरा खुलस्त राख्छन् । नेतृत्वको आलोचना गर्न पछि पर्दैनन् । अघिल्लो केन्द्रीय कमिटी बैठकमा उनले अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि फरक मत प्रस्तुत गरेका थिए ।

यसपटकको बैठकमा पनि उनले छुट्टै प्रतिवेदन पेस गर्ने तयारी गरेका थिए । तर, अध्यक्षको प्रतिवेदन नै बाँडिएन ।

न्यौपानेलाई बुझेका एक नेताका अनुसार यो बैठकमा न्यौपाने विगतमा जसरी प्रस्तुत भएनन् । अहिले उनी खरो रुपमा नउत्रिएको ती नेताको बुझाइ छ ।

“उहाँ यूर्टन हुनु भएजस्तो लाग्यो । उहाँको धारणामा पहिले जस्तो दम थिएन । अहिले त्यतिमात्रै आउँछ भन्ने अपेक्षा गरेको थिइनँ,” ती नेताले भने, “हुन त अध्यक्षसँग कति जोरी खोज्ने भन्ने पनि भयो होला ।”

भाइबाट मान्य बनेका सुबोध !

बैठकको खाजा समयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद माधव सापकोटा ‘सुबोध’ केही नेताहरुसँग गफिँदै थिए । त्यस क्रममा उनले सत्तारुढ नेपाली कांग्रेसलगायतका दलले संसद्को सुरुआतमा दिनमा आफूलाई गरेको व्यवहार सुनाइरहेका थिए ।

“संसद्मा पहिले कांग्रेसका नेताहरु हामीलाई के छ भाइ ? (धाप मार्दै) भन्थे,” उनले सुनाए, “पछि विस्तारै लेखानाथ दाहालजी र मलाई मान्यज्यू भन्न थाले ।”

उनी ०७९ को मंसिरमा भएको निर्वाचनमा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका हुन् । अहिले संसद्मा उनको प्रस्तुतिको चर्चा हुने गरेको छ । संसद् र बाहिर बोल्ने नेताहरुमा उनी र लेखनाथ दाहाल ‘राजन’ देखिन्छन् । त्यही कारणले पनि पछि कांग्रेस सांसदहरुले आफूहरुलाई गर्ने व्यवहारमा परिवर्तन देखाएको संकेत सापकोटाको थियो ।

‘केन्द्रीय सदस्यहरुको स्तर नै भएन !’

शुक्रबार (तेस्रो दिन)को बैठक सकिएपछि मााओवादीका एक पदाधिकारी बाहिरिए । बैठकमा केन्द्रीय सदस्यहरुले कस्ता धारणा राखिरहेका छन् भनेर बाह्रखरीले सोध्यो । जवाफमा ती पदाधिकारीले केन्द्रीय सदस्यहरुको स्तर नै नभएको टिप्पणी गरे ।

“केन्द्रीय सदस्यहरुको स्तर नै भएन । नेताले पढ्न छाडे । बैठकमा एउटै कुरा दोहोरिएका छन्,” ती पदाधिकारीले भने, “केन्द्रीय समिति बैठकमा उठान गर्नुपर्ने विषयहरु के हो भन्ने त थाहा हुनुपर्यो नि !”

माओवादीमा केन्द्रीय कमिटी भद्दा भएको टिप्पणी पनि नेताहरुले गरेका छन् । तर, केन्द्रीय समिति बैठकले महिलाको प्रतिनिधित्व पुर्याउन २२ केन्द्रीय सदस्य नै थप गरेको छ । अब विधान महाधिवेशनबाट संख्या घटाइने नेताहरु बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement