site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘ओभर ड्रिंक’ गरेर अन्धाधुन्ध टिपर हाँकेपछि...
तस्बिर : नवीन गड्तौला/रासस ।

काठमाडौं । सुनसरीमा मादकपदार्थ सेवन गरेर टिपर चलाएको र दुर्घटना गराएको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका–८ का रेवत मण्डल छन् ।

शनिबार राति उनले हाँकेको प्र–१०२–००१–ख ८३०७ नम्बरको टिपर इनरुवा–४ मा दुर्घटना भएको थियो । मण्डलले ‘ओभर ड्रिंक’ गरेर टिपर चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभु ढकालले जानकारी दिए ।

उनका अनुसार उक्त टिपर सडक किनारका चार/पाँच विद्युतीय पोलमा ठोक्किएको थियो । टिपर अनियन्त्रित रूपमा अघि बढेको थियो । त्यसपछि नजिकै खोल्सामा खसेको उनले बताए ।

“ओभर ड्रिंक (अत्यधिक मदिरा सेवन) गरेर टिपर चलाएको रहेछ, पोलमा ठोक्किँदै खोल्सामा गएर खसेको थियो । त्यसपछि २००–३०० पब्लिकले घेरेर राख्नुभएको थियो,” उनले बाह्रखरीसित भने, “हामीले उनलाई समातेर ल्याएका हौँ । थप अनुसन्धान भइरहेको छ ।”

मण्डलको उमेर कति हो भन्ने पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ ।

टिपरका मालिकलाई प्रहरी कार्यालयमा बोलाइएको र थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro