site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धादिङमा फैलिँदै आँखा पाक्ने रोग
Tiktok banner adTiktok banner ad

धादिङ । धादिङमा केही दिनयता आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेको छ । जिल्ला सामुदायिक आँखा केन्द्रमा दैनिक ७० जनाभन्दा बढी बिरामी आँखा जचाँउन आउने गरेका छन् । उपचारका लागि आउनेमध्ये ४० देखि ४६ जनामा आँखा पाक्ने समस्या भेटिएको छ । 

एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने बिरामीको संख्या एक सातादेखि झन्डै दोब्बरले बढेको केन्द्रका नेत्र अधिकृत डा. रामसिंह तामाङले बताए । “दैनिक आँखा पाक्ने समस्या लिएर आउने बिरामीको संख्या बढिरहेको छ । समुदायस्तरमा यसको सङ्क्रमण फैलिसकेको छ”, उनले भने, “बालबालिका र युवामा यो समस्या बढी देखिएको छ ।”

आँखा पाक्ने रोग उपचारका लागि विभिन्न सरकारी, निजी अस्पताल तथा क्लिनिकमा बिरामीको चाप बढेको तामाङले बताए । प्रदूषित हावा र मौसमका कारण यसको संक्रमण फैलिरहेको चिकित्सकको भनाइ छ ।

यसबाट बच्न संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यानलगायत सामान अरुले प्रयोग नगर्ने, पटकपटक हातमुख धुने, संक्रमित व्यक्तिको नजिक नजाने, कालो चश्मा लगाउने, आँखा जाँच गराएर चिकित्सकको परामर्शअनुसार औषधिको प्रयोग गर्नुपर्ने नेत्र अधिकृत डा. तामाङले सुझाव दिए । “धुवाँधुलोबाट जोगिन सकियो भने पनि घरमा बसेर यो रोगबाट बच्न सकिन्छ”, उनले भने । 

हाल जिल्ला सदरमुकाम धादिङबेँसी आसपासमा यसको संक्रमण बढी देखिएको छ । विद्यालयका बालबालिकामा समेत यो रोग फैलिइसकेकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । जिल्लामा खनियाबास, गजुरी, ज्वालामुखी, सल्यानटारलगायत पालिकामा आँखा केन्द्र सञ्चालनमा छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro