site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको ‘पोलिटिकल अडिट’मा के–के हुँदै छ ?
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू जिल्ला जान थालेका छन् । साउन २ देखि १० गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयबमोजिम केन्द्रीय प्रतिनिधिहरू जिल्ला जान थालेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । 

अभियान भोलिदेखि साउन ३० गतेसम्म सञ्चालन हुने छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले खटाइएकामध्ये लगभग ५० प्रतिशत केन्द्रीय प्रतिनिधिहरू जिल्ला पुगिसकेको जानकारी दिए । 

“५० प्रतिशत जति जिल्ला पुगिसक्नुभयो । १० दिनसम्म अभियान चल्ने भएकाले बाँकी रहेका साथीहरू पनि दुई–तीन दिनभित्र पुग्नुहुन्छ र आफ्नो काम सकेर आउनुहुन्छ,” उनले भने । 

KFC Island Ad
NIC Asia

सांगठनकि सुदृढीकरण अभियानलाई पार्टीले ‘पोलिटिकल अडिट’ भनेको छ । 

“नेपाली कांग्रेसको सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ सञ्चालन गर्ने निर्णय गर्दछ,” बैठक निर्णयमा लेखिएको छ । 

Royal Enfield Island Ad

पार्टी सभापति शेरबहादुर देउवाले ७७ जिल्लाको १६५ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएका हुन् । उनले सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य तथा पूर्वकेन्द्रीय सदस्यहरूलाई अभियानका लागि जिल्लामा पठाइएको छ ।

जिल्लामा खटिएका प्रतिनिधिले समग्र पार्टी गतिविधिबारे जानकारी लिने र प्रतिवेदन तयार गर्ने छन् । प्रतिवेदन केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी कांग्रेसको छ । 

प्रतिनिधिहरूले विधान अनुसार पार्टी संरचना चले/नचलेको, बैठक बसे/नबसेको, बन्नुपर्ने समिति बने/नबनेकोलगायत विषयहरूको आधारमा प्रतिवेदन तयार पार्ने विश्वकर्माले बताए । 

पार्टीले सांसद नभएका सहमहामन्त्रीहरूलाई मात्र जिम्मेवारी दिएको छ । सोही व्यवस्था केन्द्रीय सदस्यको हकमा पनि लागु भएको देखिन्छ । पार्टीले केन्द्रीय प्रतिनिधिसँगै प्रदेश र जिल्लाका एक/एक जना पदाधिकारीलाई साथमा लिएर छलफल गर्ने र प्रतिवेदन तयार गर्ने विश्वकर्माले जानकारी दिए ।

“दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा प्रदेश सभा क्षेत्रीय समितिसम्म पुग्छौँ । हामीसँग प्रदेशको प्रतिनिधि हुनुहन्छ । एकजना र एकजना जिल्लाको प्रतिनिधिहरू पनि हुनुहुन्छ । जिल्लाको प्रतिनिधि वडातहसम्म, प्रदेशको प्रतिनिधि पालिका तहसम्म जानुहुन्छ र हामी केन्द्रीय प्रतिनिधिहरू प्रदेश क्षेत्रीय समिति सम्म पुग्छौँ,” विश्वकर्माले भने, “वडा तहसम्म पुग्नेले जिल्लाम रिपोर्ट पेस गर्नुहुन्छ । प्रदेशसम्म पुग्नेले केन्द्रमा पेस गर्नुहुन्छ । अनि जिल्लाले पनि केन्द्रमा पेश गरेपछि संकलन केन्द्रमा हुन्छ र प्रतिवेदन प्रस्तुत हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १६:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro