site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रीय सदस्यको गुनासो : सांगठनिक संरचना भद्दा भयो, जीवन्त भएन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको बैठकमा पनि पार्टीको आन्तरिक जीवन सुदृढीकरण, पार्टी संरचना र विधान सम्मेलनलगायत विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकको दोस्रो दिन बोल्ने केन्द्रीय सदस्यहरुले आन्तरिक जीवन सुदृढीकरण गरेर पार्टीलाई गतिशील बनाउने कुरा उठाएको नेता माधव सापकोटाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“सांगठनिक संरचना भद्दा भयो, जीवन्त भएन र यसले कार्यसम्पादन असर गर्यो भनेर कमरेडहरूले कुरा उठाउनुभएको छ,” उनले भने ।

नेता सापकोटाले पार्टी विधि पद्दतिमा सञ्चालन गर्नुपर्ने तथा पार्टीमा वडा तहदेखि निर्वाचन गरेर नेतृत्व चयन हुनुपर्नेलगायत धारणा आएका छन् । यस्तै, विधान सम्मेलनका विषयमा पनि कुरा उठेको छ ।

Global Ime bank

“पहिले विधान सम्मेलन गरौँ । अनि महाधिवशेन गर्नुपर्छ भन्ने अध्यक्षको कुरामा धेरैले सर्पोट गर्नुभएको छ,” उनले भने, “केही कमरेडहरु विधान सम्मेलनको पक्षमा हुनुहुन्न ।”

सापकोटाले पटक पटक सांसद र मन्त्री र भएकाहरु मात्र नभएर स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका समीक्षा र मूल्यांकनको पनि विषय बैठक उठेको जानकारी दिए ।

“मैले पनि पार्टी विधिमा लैजाऊँ, निर्वाचित हुने पद्दति वडाबाट निर्वाचित हुने प्रणाली अवलम्वन गरे सुल्टो दिशामा फर्कन्छ, यसले कार्यकर्ताप्रति जवाफदेही हुन्छ । नेताले तोक्दा नेतृत्वप्रति जवाफदेही बनाउँछ भन्नेलगायत विषय उठाएँ,” उनले भने ।

माओवादी केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement