site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको ब्याटिङमा समस्या देखियो : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपालको ब्याटिङमा समस्या देखिएको बताएका छन् । श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएर फर्किएका उनले ब्याटिङमा समस्या देखिएको बताएका हुन् ।

उनले इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएर राम्रो अनुभव हासिल गरेको पनि बताए । पछिल्लो अनुभवले आगामी एसिया कपमा धेरै मद्दत पुग्ने पौडेलले बताए ।

श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको हो ।

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका थिए ।

श्रीलंकामा रहँदा नेपाली टिमले केही अभ्यास खेल पनि खेलेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro