देश

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले रिक्त रहेका चार जिल्लामा अध्यक्ष मनोनीत गरेको छ । संघले सोलुखुम्बु, सिरहा, बारा र पर्सामा अध्यक्ष मनोनीत गरेको हो ।
सोलुखुम्बु अध्यक्षमा सरला नाछिरिङ राई, सिरहामा धनगढीमाई नगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरी मनोनीत भएका छन् । बारामा कलावतिदेवी पासवान र पर्सामा किरणकुमारी शर्मा अध्यक्षमा मनोनीत भएका छन् ।
संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले मनोनीत सबै जिल्ल्ला अध्यक्षलाई जिम्मेवारी दिइसकेको जानकारी दिइन् ।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १९:०२
प्रतिक्रिया दिनुहोस्