site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गोपनीयता भंग हुने भएकाले बैठकको लाइभ गरिएन : माधव सापकोटा
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकमा आज १८ जना सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

बुधबार बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छलफलको विषयहरू राखिसकेपछि १८ जना केन्द्रीय कमिटी सदस्यहरूले आफ्ना धारणा राखेका हुन् ।

Dabur Nepal
NIC Asia

अध्यक्ष प्रचण्डले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रीय कमिटी सदस्य माधव सापकोटाले बताए ।

उनले एकपटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताए ।

उनले भने, "पार्टी अध्यक्ष कमरेडले बैठकमा छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । प्रस्तावको सार संगठनात्मक संरचना भद्दा र चुस्त नभएको कुरा उठिरहेको थियो, यसलाई दुरुस्त बनाउने र एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन गर्ने । विधान सम्मेलनबाट पार्टीलाई चुस्त र व्यवस्थित बनाउने प्रस्ताव राख्नुभएको छ । आज १८ जनाले आफ्ना धारणा राख्नुभयो ।"

उनले बैठकको लाइभ गर्दा गोपनीयता भंग हुने भएकाले नगरेको बताए ।

उनले भने, "बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो । किनभने बैठक आन्तरिक हो, घरायसी हो । नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनीयता भंग हुन्छ । त्यसलाई आन्तरिक रूपमा सीमित गरिएको हो ।"

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu