site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुख त्यागेका गौतम कोसीमा अर्थमन्त्री बन्दै, ओखलढुंगाबाट दुई मन्त्री !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै ५ बजे शपथ लिँदै छन् । थापासँगै सत्तारुढ चारमध्ये तीन दलबाट एक–एकजना मन्त्री हुने तय भएको छ ।

दलहरुबीच भएको सहमतिअनुसार नेपाली कांग्रेसबाट प्रदीप सुनुवार, माओवादी केन्द्रबाट निवर्तमान सभामुख बाबुराम गौतम र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जवेगु मन्त्री बन्ने भएका छन् । सुनुवारले खानेपानी, सिँचाइ तथा ऊर्जा, गौतमले अर्थिक मामिला तथा जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने समझदारी भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलोचरणका मन्त्री टुंगिएसँगै ओखलढुंगा जिल्लाले प्रदेश सरकारमा दुई मन्त्री पाउने निश्चित भएको छ । प्रदीप सुनुवार कांग्रेसका तर्फबाट ओखलढु्ंगा–१ र बाबुराम गौतम माअ‍ोवादी केन्द्रका तर्फबाट ओखलढुंगा–२ बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

गत निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन बनाएर निर्वाचित भएका दुवै प्रदेशसभा सदस्य एउटै मन्त्रिपरिषद्मा मन्त्री बन्न लागेका हुन् । सुनुवार यसअघिको उद्धव थापा नेतृत्वको सरकारमा बिनाविभागीय मन्त्री थिए । विभाग नतोकिँदै सर्वोच्च अदालतबाट मुख्यमन्त्री थापाको नियुक्ति बदर भएपछि सरकार ढलेका थियो ।

Global Ime bank

अहिले उनलाई पुनः मन्त्री बनाउँदै खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा दिन लागिएको हो । यसअघि सभामुख पदमै रहेर मुख्यमन्त्रीको समर्थनमा हस्ताक्षर गरेका गौतम भने सभामुखबाट राजीनामा दिएर सरकारलाई बहुमत पुर्‍याउँदै अर्थमन्त्री बन्न लागेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement