site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
टेकुमा एलिका ब्रान्डको पहिलो शोरुम सञ्चालन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको एलिका ब्रान्डले काठमाडौंको टेकुमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्डसप सञ्चालनमा ल्याएको छ । 

एलिका पीबी ह्विर्पुल किचेन अप्लाएन्सेसका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक प्रह्लाद भुताड र सीजी इलेक्ट्रोनिक्सका उपाध्यक्ष एससी साबुले बुधबार शोरुमको उद्घाटन गरेका छन् । 

एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ रेन्ज, हब्स र कुक टप्सलगायत अन्य विभिन्न घरायसी विधुतीय सामाग्रीहरू रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

टेकुको मुख्य व्यापारिक केन्द्रमा ११०० वर्ग फिट एरियामा बनेको एलिका ब्रान्डसपमा निःशुल्क पार्किङको व्यवस्था रहेको छ ।

उच्च गुणस्तरका सामग्री र  अन्तर्राष्ट्रियस्तरको ग्राहक सेवा दिने उद्देश्यले शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

Global Ime bank

शोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि बेलुका साढे ७ बजेसम्म खुला रहने कम्पनीले बताएको छ ।

ग्राहकले थप जानकारीका लागि ०१–५९१४१७९ र ५९१४३७९ मा सम्पर्क गर्न सक्नेछन् । 

एलिका ब्रान्डसपले ओपेनिङको विशेष छुट, शून्य प्रतिशतमा सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै  प्रडक्ट लाइभ डेमो र प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (पीएमएस)को व्यवस्था गरेको छ ।

यसका साथै ग्राहक वर्गको आवश्यक्ता अनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement