प्रविधि

काठमाडौं । आईटी र ई–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिका कलेजले आयोजना गरेको 'टेक एक्स २०२३' सम्पन्न भएको छ । जुलाई २७ देखि ३० सम्म 'स्मार्ट टेक्नोलोजी'सम्बन्धी एक प्रदर्शनी आयोजना गरेको हो ।
कार्यक्रममा ३० भन्दा बढी नवप्रवर्तन रहेका थिए । कार्यक्रमको अन्तिम दिन टोली 'भाइपर स्ट्राइक'ले रोबो वार जित्यो र 'काजाडोर' उपविजेता बनेको थियो । विजेता टोलीले ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शन गर्न प्रत्येक वर्ष प्रदर्शनी आयोजना गरिँदै आएको छ ।
यसपटक ‘आईओटी एक्सपो’ नामले चिनिने सफ्टवेयर प्रदर्शनीलाई ‘टेक एक्सपो’ नाम दिइएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १२:२७
प्रतिक्रिया दिनुहोस्