site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘सांसद विकास कोष’विरुद्धको रिट : अन्तरिम आदेशका लागि आजलाई पेसी
फाइल तस्बिर

काठमाडौं । ‘सांसद विकास कोष’विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजका लागि पेसी तोकिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्यमा सरकारको जवाफ मागेको इजलासले अन्तरिम आदेशका लागि आज (साउन १६ गते)का लागि पेसी तोकेको हो । 

अन्तरिम आदेशको छलफलका लागि आज दुवै पक्षलाई डाकिएको छ । अब दुवै पक्षको बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने नपर्ने सम्बन्धमा निर्णय गर्नेछ ।

Dabur Nepal
NIC Asia

सरकारले बजेटमा राखेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ‘सांसद विकास कोष’विरुद्धको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अधिवक्ता सागर बराल, सौगातराज बराल र कानुनका विद्यार्थी अविनेश अधिकारीले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । 

सरकारले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको अनुमान (बजेट वक्तव्य)को ४४५ नम्बर बुँदामा निर्वाचन क्षेत्रका लागि पाँच करोड बजेट विनियोजन गर्ने गरी व्यवस्था गरेको छ ।

उक्त बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको व्यवस्था गरिनु संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरण र संघीयताको सिद्धान्त विपरीत भएकाले बदरभागी भएको भन्दै रिट दायर भएको थियो ।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संसद् सचिवालयलाई विपक्षी बनाइएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro