site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङमा खोलामा डुबेर बालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मोरङको कटहरी गाउँपालिका–४ स्थित खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १० वर्षीय प्रेमकुमार साह रहेका छन् । स्थानीय सुखानी खोलामा डुबेर आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बालक डुबेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा उद्धार गरिएको थियो ।

उद्धार गरी उपचारको लागि कोसी अस्पताल विराटनगरतर्फ लगिएकोमा बालकको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro