site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मनिष डांगी थाइल्यान्डको क्लबमा अनुबन्धित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड मनिष डांगी थाइल्यान्डको क्लब रायोङ एफसीमा अनुबन्धित भएका छन् । थाइल्यान्डको दोस्रो डिभिजन लिग खेल्ने रायोङले सोमबार सामाजिक सञ्जालमार्फत मनिषसँग सम्झौता गरेको खुलाएको हो ।

मनिषले रायोङबाट प्रि–सिजनको पहिलो खेलसमेत खेलिसकेका छन् । रायोङले नागावर्र्ड एफसीसँग घरेलु मैदानमा खेल्दा मनिषले एक असिस्ट गरेका थिए । उक्त खेलमा रायोङले नागावर्र्ड एफसीलाई २–१ ले हराएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

२१ वर्षीय मनिषले हालसम्म नेपाली टिमबाट १७ क्याप जितिसकेका छन् । सन् २०२१ मा इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालका लागि ‘डेब्यू’ गरेका मनिषले ‘डेब्यू’ खेलमै गोल गरेका थिए । त्यसयता उनी नेपाली टिमको प्रमुख सदस्य बन्दै आएका छन् ।

“नेपालका मनिष डांगीसँगको सम्झौता गर्न पाउँदा हामी निकै हर्षित छौँ । उनी थाई फुटबलमा पहिलो नेपाली व्यावसायिक फुटबलरको रुपमा आफ्नो नाम प्रमाणित गर्न र आफ्नो नाम बनाउन निकै प्रतिबद्ध छन्,” मनिषसँगको सम्झौतापछि रायोङले लेखेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement