site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा गुडिरहेको रेलमा गोली प्रहार, सुरक्षाकर्मीसहित चारजनाको मृत्यु

काठमाडौं । भारतमा गुडिरहेको रेलमा गोली प्रहार गरिएको छ । रेलवे सुरक्षा बल (आरपीएफ)का एक हवल्दारले गोली हानेका हुन् ।

सोमबारको यो घटनामा चारजनाको मृत्यु भएको छ । रेलमा सवार आरपीएफकै सहायक सब–इन्स्पेक्टर र तीन यात्रीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सो रेल जयपुरबाट मुम्बई जाँदै थियो । महाराष्ट्रको पालघर रेलवे स्टेसननजिकै पुगेपछि गोली प्रहार गरिएको जनाइएको छ ।

ती हवल्दारले आफूसित रहेको स्वचालित हतियारबाट गोली हानेका थिए । उनलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro