site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीले बोलायो सचिवालयदेखि केन्द्रीय कमिटीसम्मको बैठक
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरूको मिति तोकेको छ । बैठकमा सम्बन्धित नेताहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । 

पार्टी महासचिव घनश्याम भुसालका अनुसार केन्द्रीय सचिवालय बैठक साउन १९ गते पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बिहान ८ बजे बस्ने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थायी कमिटी बैठक साउन २० र २१ गते बस्ने छ । बिहान ११ बजेदेखि सुरु हुने बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

पार्टीको पोलिटब्युरो बैठक भदौ ३ र ४ गते पार्टी केन्द्रीय कार्यालय बस्ने छ । 

Global Ime bank

केन्द्रीय कमिटी बैठक भने भदौ ५, ६ र ७ गते बस्ने छ । बिहान १० बजेदेखि सुरु हुने बैठक ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा बस्ने छ । 

बैठममा रिपोर्टिङदेखि राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भनिएको छ । समसामयिक परिस्थिति र पार्कीको कार्यभारबारे पनि बैठकहरूमा विचारविमर्श हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  २२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement