site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
दर्जन कविताकासाथ सुनिए कवि महेशराज खरेल

काठमाडौं । राष्ट्रिय जनसाहित्यिक संघ, नेपालले आयोजना गरेको ‘अविरल जनसाहित्य यात्रा’को ८१औँ शृङ्खलामा कवि/लेखक महेशराज खरेलका एक दर्जन कविताहरू सुनिए ।

शनिबार काठमाडौंमा सम्पन्न कविता वाचन कार्यक्रममा कवि खरेलले आफूले विभिन्न कालखण्डमा अनुभूत गरेका विषयहरूलाई काव्यहरूमा उतारेको बताए ।

Dabur Nepal
NIC Asia

कवि खरेलले ‘चेतनाको गर्भबाट’, ‘पदमा बसेको मान्छे’, ‘संकल्प’, ‘नयाँ वर्ष’, ‘घरमै विद्रोह उम्रियो’, ‘म’, ‘बादल लागेपछि’, र अन्त्यमा ‘आमा’ शीर्षकको कविता वाचन गरे । कवि खरेलको आग्रहमा उनका अन्य कविता अनु शर्मा, डम्बर पहाडी, नन्दु उप्रेती र विन्दु ढकालले वाचन गरेका थिए ।

यसरी वाचन गरिएका खरेलका एक दर्जन कविताहरूमाथि प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ले समीक्षात्मक टिप्पणी गरे । कार्यक्रममा डा. हरिप्रसाद सिलवालले कवि परिचय दिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro