site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरानमा जेठ अन्तिमयता डेंगी संक्रमणबाट आठजनाको मृत्यु

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणबाट जेठ २३ यता आठजनाको मृत्यु भएको छ । 

उपमहानगरको तथ्यांकअनुसार यो अवधिमा दुई हजार १९९ जना संक्रमित भएका छन् । मृत्यु हुनेमा एक बालकसहित चार पुरुष, चार महिला छन् । 

धरानमा डेंगी पोजिटिभ देखिने दर झन्डै ६० प्रतिशत देखिएको छ । बिहीबार परीक्षण गरिएका १२४ मध्ये ८० जनामा संक्रमण पुष्टि भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख उमेश मेहेताले बताए । 

नगरका सबै २० वडामा फैलिएको डेंगीबाट १७, ११, १६, १८, १५ वडा बढी प्रभावित भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सुनसरीमा मात्रै दुई हजार ७३७ जना संक्रमित भएका छन् ।

पानी भण्डारण र अव्यवस्थित सुँगुर बंगुर पालने बढायो संक्रमण 
धरानमा जेठ पहिलो सातादेखि नै डेंगी संक्रमण देखिए पनि जेठ अन्तिम सातायता समुदायस्तरमा फैलिएको थियो । यसमा भण्डारण गरी राखिएको पानी र अव्यवस्थित सुँगुर बुङ्गुर पालन मुख्य कारक रहेको मेहेता बताउँछन् ।

“नगरभित्र एक/दुईदिन बिराएर मात्रै पानी आउँछ, दैनिक प्रयोग गर्न पानी भण्डारण गर्नैपर्ने बाध्यता छ । अर्को कुरा घरसँगै जोडेर सुँगुर बंगुर पालिएका छन्, यसले फोहोर र लामखुट्टे बस्ने वातावरण झनै बनाएको छ”, मेहेताले बाह्रखरीसँग भने । 

अधिकांश संक्रमित सिकिस्त नभएका कारण घरमै रहेको र केही सिकिस्त बिरामीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको उनले बताए । डेंगी नियन्त्रणका लागि उपमहानगरले स्वास्थ्य कार्यालयसँगको समन्वयमा सर्च एण्ड डिस्ट्रोइ अभियान चलाइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro