site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
जनसम्पर्कको कार्यक्रम विवादमा 
Sarbottam CementSarbottam Cement

सिकागो (अमेरिका) । आउँदो सप्ताहन्त हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको साधारण सभाको अघिल्लो दिन गर्न लागिएको जनसम्पर्क समिति अमेरिकाको कार्यक्रम विवादमा परेको छ । 

एनआरएनको कार्यक्रमका लागि आमन्त्रित प्रमुख अतिथि कानुन मन्त्री धनराज गुरुङ्गलाई सहभागी गराएर जनसम्पर्कले गर्न लागेको कार्यक्रमका विषयमा समिति भित्रै विवाद भएको छ । यो विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल हुन पुगेको छ ।

जनसम्पर्क समिति इलिनोय च्याप्टरका नाममा कार्यक्रमको फ्लाएर सार्वजनिक भएको छ । तर यो विषयमा आफूलाई कुनै जानकारी नभएको च्याप्टर अध्यक्ष भोजराज घिमिरेले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

एनआरएन अमेरिकाको साधारण सभा आउँदो जुलाई ३० तारिक इलिनोय राज्यको सिकागो सहरमा हुँदैछ । त्यस कार्यक्रमका लागि कानुनमन्त्री गुरुङलाई प्रमुख अतिथि बनाएर निमन्त्रणा, हवाई टिकट सबै पठाइसकिएको छ । तर मुख्य कार्यक्रमलाई छायामा पार्ने नियतले अघिल्लो साँझनै जनसम्पर्क समितिको नाममा कार्यक्रम राखिएकोमा जनसम्पर्क समिति अमेरिकासँग सम्बद्ध व्यक्तिहरुले आपत्ति जनाइरहेका छन् ।

सिकागोमा लामो समयदेखि बस्दै आएका जनसम्पर्क समिति अमेरिकाका नेता सुमन वस्तीले कार्यक्रमको औचित्य माथि प्रश्न उठाउँदै सामाजीक सञ्जालमा लामो स्टाटस समेत लेखेका छन् । 

Global Ime bank

जनसम्पर्क समितिको कार्यक्रमको विषयमा अमेरिकाका अध्यक्ष आनन्द विष्टलाई समेत जानकारी समेत दिइएको छैन । स्रोतका अनुसार विष्टलाई यो विषयमा न सल्लाह लिइयो, नत कार्यक्रम तय भएपछि जानकारी दिइएको छ । 

कानुनमन्त्रीलाई जनसम्पर्कको कार्यक्रममा बोलाएर अहिले गैर आवासीय नागरिकता ऐनका प्रावधान, नियमावलीको विषयमा बोल्न लगाउने र भोलिपल्टको मुख्य कार्यक्रमलाई फितलो बनाउने उद्वेश्य भन्दा केही नभएको आरोप वस्तीले लगाएका छन् । जुन कार्यक्रमका लागि प्रमुख अतिथि भनेर बोलाइएको हो, त्यो कार्यक्रममा सहभागी नभै पहिलेनै अरु कार्यक्रममा सहभागी हुनु मन्त्रीका लागि समेत ठीक नहुने सुझाव अहिले गुरुङ्गका निकट र शूभचिन्तकहरुले पठाइसकेका छन् । 

सबैभन्दा आश्चर्यको विषय त यो छ कि आफूले बोलाएको मुख्य कार्यक्रमभन्दा पहिलेनै आयोजना गरिएको जनसम्पर्कको कार्यक्रममा अतिथि बनेर एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी समेत सहभागी हुँदैछन् । उनको नाम र फोटो राखेर फ्लाएर सार्वजनिक गरिएको छ । 

हालै सम्पन्न एनआरएनको निर्वाचनमा पराजित हुन पुगेको एउटा समूहले आउँदा दिनहरुमा जनसम्पर्कका सुनाममा एनआरएनको समानान्तर संस्था चलाउन खोजेको संकेत समेत यो घटनाले देखाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement