site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गर्ने गिरोहका तीनजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अवैधरूपमा अन्तर्राष्ट्रिय कल वाइपास गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भीमदत्त नगरपालिका–१८ क्याम्पस रोडबाट एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षीय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षीय दीपक बोहरा रहेको जनाएको छ ।

गैरकानुनीरूपमा अवैध गतिविधि भइरहेको गोप्य सूचनाका आधारमा ब्युरोको टोली, नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले छापा मारेर तीनजनालाई पक्राउ गरेको जनाएको छ ।

Global Ime bank

चार महिनादेखि भारतीय र नेपाली नागरिक मिलेर भाडाको घरमा नेपाल टेलिकमको एसआईपी पिविएक्स कनेक्सन गरी कल वाइपास गर्दै आएका थिए । कल वाइपास गर्ने उपकरणसहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।

पक्राउ परेकाबाट कल वाइपास गर्ने कार्यमा प्रयुक्त ल्यापटप दुई थान, कम्प्युटर मोनिटर, लाइन केबुल दुई थान, मोबाइल सेट तीन थान, युपिएस र ब्याट्री नेपाल टेलिकमको ल्यान्डलाइन नम्बर ०९९५९७००० को ६० लाइन क्षमता भएको एसआईपी पिविएक्स कनेक्सन लाइन एक, गेटवे सर्भर सीपीयू एक थान, एनटिसी एफटिटीएच वाइफाइ राउटर एक थान, वर्डलिंक वाइफाइ राउटर एक थानलगायत बरामद गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement