site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुन प्रकरणमा स्वतन्त्र छानबिन गर्न अनुसन्धान समिति सरकारको पूर्ण साथ छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताएका छन् ।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले सुन प्रकरणपछि केही कर्मचारीलाई निलम्बन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने बताए । उनले सुन प्रकरणमा मेसिन वा मानवीय कमजोरी हो भन्ने छानबिन समितिले पत्ता लगाउने दाबी गरे ।

मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिए । उनले अपराध गर्ने व्यक्तिहरुले नयाँ नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकूल परिवर्तन गर्दै जानुपर्ने धारणा राखे ।

विमानस्थलमा रहेका राज्यका विभिन्न निकायसँग छलफल गर्दै सुधारका विषयमा पनि छलफल भएको उनले बताए । राज्यका सबैको समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैरकानुनी गतिविधिहरु कम भएर जाने उनले बताए ।

अर्थमन्त्री महतले विमानस्थलको आगमन, प्रस्थान र भन्सार क्षेत्रको अवस्थाबारे निरीक्षण गरेका हुन् । सुन प्रकरणपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि भन्सार क्षेत्रको निरीक्षण गरेकाथिए । केही दिनअघि विमानस्थलको भन्सारबाट जाँचपास भएको बस्तुमा सुन भएको पाइएपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro