site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकाको स्थानीय क्लबसँग ६ विकेटले पराजित

काठमाडौं । एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा स्थानीय ब्लुमफिल्ड क्रिकेट क्लबसँग ६ विकेटले पराजित भएको छ ।

बुधबार श्रीलंकाको कोलम्बोमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १९८ रनको लक्ष्य ब्लुमफिल्डले २४.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

Dabur Nepal
NIC Asia

हसिथा बेयागोडाले ९० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका बेयागोडाले ५३ बलमा समान सात चौका र छक्का प्रहार गरे । असहान फर्नान्डोले अविजित ५६ रन थपे । ओपनर सन्दुन विराकोदी ३१ रन थपे ।

नेपालका सूर्य तामाङ र प्रतिश जिसीले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाएर १९७ रनको योगफल खडा गरेको थियो ।

नेपालका अर्जुन साउदले ७९ रन बनाएका थिए । सन्दीप जोराले ३१, देव खनालले २२, प्रतिश जिसीले १६, सोमपाल कामीले ११ र पवन सर्राफले १० रन जोडे ।

ब्लुमफिल्डका ए वानिनायके, एन थारिदु, डी समाराविरा र एम परेराले समान दुई विकेट लिए । सी दिल्साराले एक विकेट लिए ।

एसिया कपका लागि श्रीलंकामा १५ दिनको विशेष तयारी गरिरहेको नेपालले त्यहाँ कुल चार अभ्यास खेल खेल्ने तालिका छ । नेपालले अब शुक्रबार पी सारा ओभलमा तामिल युनियनसँग दोस्रो अभ्यास खेल खेल्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro