site stats
बाह्रखरी :: Baahrakhari
देश
रोजगारीको सिलसिलामा १५ वर्षमा ९० हजारभन्दा बढी नेपाली कोरिया पुगे

काठमाडौं । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा ९० हजारभन्दा बढी नेपाली दक्षिण कोरिया गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार सन् २००८ देखि हालसम्म उक्त संख्यामा नेपाली रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया गएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“गत आर्थिक वर्ष २०७९ साउनदेखि २०८० असार मसान्तसम्म २२ हजार १९२ कामदारहरू प्रवेश गरी रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया प्रवेश गर्ने १६ वटा मुलुकहरूमध्ये नेपाल सर्वोत्कृष्ट रहेको छ,” विभागले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले आज जारी गरेको सूचनामा पछिल्ला केही दिनयता केही व्यक्तिहरूले ईपीएस कोरिया शाखाको नाममा नक्कली सूचना निकाली सर्वसाधारणमा भ्रम सृजना गरेकोले यस्ता कार्यबाट जोगिन अनुरोध गरेको छ ।

विभागले ईपीएससम्बन्धी आधिकारिक सूचनाको लागि ईपीएसको आधिकारिक वेबसाइटमा गएर हेर्न समेत भनेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्