site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको विकल्प अरू छैनन् : शशांक 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसको विकल्प अरू पार्टी हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकताबद्ध कांग्रेस हुनु रहेकामा जोड दिए । आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि उनले बताए ।

“पार्टी एक भएको छ, यो पार्टी एक भएको खण्डमा नेपाली कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ । हामी एकताबद्ध भएर हिँड्नुपर्छ भनेर हामी भेला भएको हो । पाँच दिन छलफल भयो, एक किसिमले रिल्याक्स गर्न पनि हो । भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो,” उनले भने, “आउँदो दिनमा कता जाने हो ? त्यो तय गर्नुपर्छ । नेपाली कांग्रेसको विकल्प अरू छैनन्, नेपाली कांग्रेस नै हो । भविष्य नेपाली कांग्रेससँग छ । हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन । त्यसैले एक भएर जाऔँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro