site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टिकटकले ल्याउँदै ट्विटरजस्तै फिचर

काठमाडौं । मेटापछि टिकटकले पनि आफ्नो प्लेटफर्मममा ट्विटरको जस्तै माइक्रोब्लगिङ फिचर ल्याउने भएको छ । अहिले एक्सका रूपमा रिब्रान्ड गरिएको ट्विटरलाई टक्कर दिन फेसबुकको मुख्य कम्पनी मेटाले थ्रेड्स एप ल्याएको थियो ।

सुरुको पाँच दिनमै एक करोड प्रयोगकर्ता पुगे पनि ट्विटरलाई टक्कर दिने मेटाको प्रयास असफलजस्तै भएको छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले पनि अब ‘अक्षरमा मात्र आधारित’ पोस्ट गर्न मिल्ने फिचर घोषणा गरेको हो ।

Dabur Nepal
NIC Asia

यो फिचरअन्तर्गत प्रयोगकर्ताले ब्याकग्राउन्डमा चाहेअनुसार रङ राखेर टेक्स्ट लेख्न सक्छन् । त्यसमा म्युजिक, साउन्ड, स्टिकर र लोकेसन समेत राख्न सक्छन् ।

यसरी तयार पारिएको पोस्ट भिडियोजसरी नै ड्राफ्ट राखेर चाहेको समयमा पोस्ट गर्न पनि सकिन्छ ।

यो फिचर टिकटक एपभित्रबाट क्यामेरामा गएपछि उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यहाँ फोटो, भिडियो र टेक्स्ट भनेर तीन अप्सन रहनेछन् । पोस्टमा ट्याग र ह्यासट्याग पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

टिकटकको यो फिचरले माइक्रोब्लगिङ एक्सलाई चुनौती दिन सक्ने ठानिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro