site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोल्ड ड्रिंक्स धेरै पिउनुहुन्छ ? क्यान्सरको जोखिम हुनसक्छ
SkywellSkywell

काठमाडौं । गर्मीयाममा कोल्ड ड्रिंक्स धेरैको रोजाइमा पर्ने गर्छ ।  विशेषगरी गर्मी, भोज  र चाडबाडमा यसको प्रयोग पनि बढेको पाइन्छ ।

तर, स्वास्थ्यका दृष्टिकोणले कोल्ड ड्रिंक्सलाई त्यति लाभदायक मानिँदैन । तत्कालका लागि स्वादिलो र शीतल हुने भएपनि यसले पार्ने दीर्घकालीन असर धेरै भएको अध्ययनहरूले देखाएका छन् ।

KFC Island Ad
NIC Asia

विशेषगरी कोल्ड ड्रिंक्समा पाइने फोस्फोरिक एसिड र चिनीको मात्राले शरीरमा नकारात्कमक असर पुर्‍याउँछ । यस्ता पेय पदार्थमा हुने सोडा, र चिनीको मात्राले शरीरको तौल बढाउने गर्दछ भने यसमा हुने ग्लुकोजको अधिक मात्राले कलेजोमा फ्याटी लिभरको सम्भावना बढाउँछ ।

क्लिनकल न्युट्रेसनिष्ट प्रतिमा सेनका अनुसार कोल्ड ड्रिंक्समा पाइने फोस्फरिक एसिडले हड्डीमा भएकोे क्याल्सियमलाई ह्रास गराउँदै लैजाने र तुहाउने काम गर्दछ । जसको असरस्वरुप हड्डी खिइने समस्या निम्तिनसक्ने उनी बताउँछिन् ।

Royal Enfield Island Ad

त्यस्तै, बढी कोल्ड ड्रिंक्स पिउने व्यक्तिमा प्यान्क्रियाटिक क्यान्सरको जोखिम बढी हुन्छ । यसको अधिक प्रयोगले रगतमा युरिक एसिडको मात्रा बढाउने र विस्तारै स्मरण शक्ति ह्रास हुँदै जाने पनि विभिन्न अध्ययनहरूले देखाएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  ०६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro