राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले कमजोरी गरेको मुस्कुराएर आत्मसाथ गर्ने बताएका छन् ।
सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूहरूले बोलेको कुरा सभापतिलाई खुइल्याएको रूपमा अर्थ लगाउन नहुने बताए ।
उनले शेखर कोइरालाले बैठकमै अरु दलविरुद्ध नबोल्न चिट दिएको भन्ने अभिव्यक्ति सत्य नभएको बताए ।
“मेरो भागको कमजोरी मुस्कुराएर आत्मसाथ गर्छु । शेखर कोइरालाले अन्य दलको बारेमा पटक्कै नबोल्नु भन्नुभयो । मैले पटक्कै भनेर लेखेको छैन,” उनले भने ।
आफूले अन्य दलको ब्राण्डीङ नगरौँ मात्र भनेको जिकिर गरे ।
कार्यतालिका कार्यान्वयनको होला भनेर प्रश्न उठेको भन्दै उनले आशंका होइन अठोटका साथ अघि बढे कार्यान्वयन हुने बताए ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १७:०१
प्रतिक्रिया दिनुहोस्