site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश सरकारविरुद्धको रिट : सुस्मलता माथेमा र तीलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ सुरु

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)का तर्फबाट दायर रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

गत असार २२ मा एमाले कोसी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुखको हस्ताक्षरसँगै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको वर्तमान सरकार अवैध भएको भन्दै वर्तमान सरकारलाई अवैध घोषणा गरी पुरानै सरकार कायम गर्ने गरी रिट दायर गरेका थिए ।

Dabur Nepal
NIC Asia

उक्त रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको इजलासले थापा नेतृत्वको सरकार कायम रहेको ठहर गर्दै दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश जारी गरी निरन्तर सुनुवाइको मिति तोकेको थियो ।

प्रधानको इजलासले साउन ७ गतेका लागि निरन्तर सुनुवाइको मिति तोकेकोमा आइतबार हेर्न नमिल्ने सूचीमा परेका थियो । त्यही कारण आजदेखि सुनुवाइ सुरु भएको हो ।

प्रधानको इजलासले साउन ७ गतेका लागि निरन्तर सुनुवाइको मिति तोकेको थियो । आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा परेको कोसी प्रदेश सरकारविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा परेका थियो ।

न्यायाधीश रेग्मी र कोसी प्रदेश एमाले संसदीय दलका नेता कार्की सहपाठी भएका कारण न्यायाधीश रेग्मीले हेर्न नमिल्ने बताएपछि आइतबार हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आजदेखि भने निरन्तर सुनुवाइ हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro