site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गत आवमा चितवनमा जंगली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु, ५८ घाइते
प्रतीकात्मक तस्बिर

चितवन । गत आर्थिक वर्ष २०७९/०८० मा जंगली  जनावरका कारण १२ जनाको मृत्यु भएको छ ।  तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् । दुईजनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् ।
 
उनीहरुलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार जंगली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ छन् । गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप रु ३२ लाख ८० हजार १७ प्रदान गरिएको छ । सामान्य घाइते भएका २७ जनाको परिवारलाई रु चार लाख २७ हजार १२८ उपचार खर्चबापत प्रदान गरिएको उनले जानकारी दिए । 
 
हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१ , बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जंगली बदेलको आक्रमणबाट ६ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी  तिवारीले बताए । 
 
जंगली जनावरका कारण २३४ पशुधन क्षति भएको निकुञ्जको तथ्यांकले देखाएको छ । यसको राहत स्वरुप रु ३१ लाख ३८ हजार चार सय प्रदान गरिएको छ । भण्डारण गरी राखिएको अन्न बालीमा समेत क्षति पुगेको छ । यसबापत रु ५१ हजार राहत रकम भुक्तानी गरिएको छ । 

सोही समयमा २७ वटा घरगोठमा जनावरले क्षति गरेको उनले जानकारी दिए । जसको क्षतिबापत दुई लाख ३४ हजार नौ सय भुक्तानी गरिएको छ । यस्तै अन्नबालीमा क्षति पाँच सय १७ पटक गरेको पाइएको छ । जसको राहतस्वरुप निकुञ्जले रु ३९ लाख ५८ हजार ६२५ भुक्तानी गरेको छ ।
 
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार गत आवमा निकुञ्जका जनावरका कारण ८५६ घटना भएका छन् । यसको राहतस्वरुप निकुञ्जले रु दुई करोड ३० लाख ९० हजार ६९ राहत रकम स्थानीयलाई बुझाएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  ०८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro